Logo

प्रमुख समाचार

१ बजे बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक अझै सुरु भएन



काठमाडौं । दिउँसो १ बजेका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन ।

केन्द्रीय सदस्यहरू साढे १ बजेदेखि नै पार्टी मुख्यालय सानेपा पुगेर बैठक हल प्रवेश गर्न थालेका थिए ।

प्रवक्ता प्रकाशशरण महतसहित शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, मोहनबहादुर बस्नेत, दीपक गिरी, सुजाता कोइराला, चन्द्र भण्डारीलगायत नेता केन्द्रीय कार्यालयमा उपस्थित भइसकेका छन् । अन्य नेता–कार्यकर्ता आउने क्रम अझै जारी छ ।

विशेष महाधिवेशन पक्षधरसँग वार्ता जारी रहेकाले बैठक बस्न ढिलाइ भएको केन्द्रीय कार्यसम्पादन समिति सदस्य सुजाता कोइरालाले जानकारी दिइन् ।

बालुवाटारमा जारी वार्तामा विशेष महाधिवेशन पक्षधर तर्फबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, देवराज चालिसे र मधु आचार्य सहभागी छन् भने संस्थापन पक्षबाट रमेश लेखक र बालकृष्ण खाँणलगायत नेताहरू सहभागी रहेका छन् ।

प्रकाशित मिति : २९ पुष २०८२, मंगलवार १६:४७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।