Logo

राजनीति

ओली सरकारले बेवास्ता गर्दा आन्दोलन ‘हाइज्याक’ भयो, राज्यका अंगमा आगो लाग्यो: नेपाल



काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले तत्कालीन सरकारले समयमै वार्ता नगर्दा जेन-जीको आन्दोलन हाइज्याक भएको र मुलुकले ठुलो क्षति व्यहोर्नुपरेको बताएका छन्।

मंगलबार आयोजित कार्यक्रममा बोल्दै नेपालले भने, ‘भदौ २३ गते नव-युवाहरूले भ्रष्टाचार र सुशासनको पक्षमा तीनवटा माग राखेर आन्दोलन गरेका थिए।

तर, तत्कालीन सरकारले ध्यान दिएन, वार्ता गरेर समस्या हल गर्न चाहेन। फलस्वरुप २४ गते आन्दोलन हाइज्याक भयो।’

उनले आन्दोलन नियन्त्रण बाहिर जाँदा सिंहदरबार, अदालत र संसद् भवनजस्ता राज्यका प्रतीकहरू जलाइएको र हजारौं फाइलहरू नष्ट भएको भन्दै चिन्ता व्यक्त गरे।

‘व्यापारीका प्रतिष्ठान र निजी सम्पत्तिमा समेत आगो लगाइयो, जसबाट खर्बौँको नोक्सानी भयो,’ उनले थपे।

नेता नेपालले व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएको भन्ने भाष्य पूर्ण रूपमा सही नभए पनि रोजगारी, कृषि उत्पादन र आर्थिक समृद्धिका क्षेत्रमा जनताले चाहेजस्तो सुधार हुन नसकेको स्वीकार गरे।

उनले अब बन्ने पार्टीले राष्ट्रिय स्वाभिमानको रक्षा गर्दै देशमा सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : २९ पुष २०८२, मंगलवार १७:२६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।