काठमाडौँ । भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज राति मतदान नहुने भएको छ ।
राति मतदान गराउन गाह्रो हुने भएकोले भोलि बुधबारमात्रै मतदान प्रक्रिया अगाडि बढाउने तयारी रहेको केन्द्रीय निर्वाचन समितिका संयोजक सिताराम केसीले जानकारी दिए । ‘अहिले साढे ७ बजेसम्म मनोनयनपत्र पूरा गराउँदैछौं ।
त्यसपछि हामी छलफल गरेर बाँकी प्रकियाबारे टुंग्याउँछौं,’ संयोजक केसीले भने, ‘राति नै मतदानमा जाने सोच छैन । रातभरि मतदान गर्न गह्रुँगो हुन्छ । भोलि बिहान हुन्छ होला ।’
निर्वाचन समितिले यसअघि सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार आजै राति ९ बजेदेखि मतदानको समयतालिका निर्धारण गरिएको थियो । संयोजक केसीका अनुसार अब नयाँ निर्वाचन तालिका आउनेछ ।
कांग्रेसमा १ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुने भएको छ । निर्वाचन समितिका संयोजक केसीले पत्रकार सम्मेलनमा पुरानै विधानअनुसार निर्वाचन गराइने बताए ।
उनका अनुसार १३ पदाधिकारीसहित १ सय २१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ ।
केसीका अनुसार निर्वाचनबाट २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री पनि चयन हुनेछन् । उनले खुला केन्द्रीय सदस्यतर्फ ३५ जना निर्वाचित हुने जानकारी दिए ।
भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज राति मतदान नहुने भएको छ ।

प्रतिक्रिया