Logo

समाचार

निर्वाचनको तयारीबारे जानकारी दिन आयोगले पत्रकार सम्मेलन गर्दै



काठमाडौं । निर्वाचनको तयारीका सम्बन्धमा जानकारी दिन निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्ने भएको छ ।

आयोगले आज दिउँसो २ बजे आयोगको मिडिया सेन्टर हलमा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने लागेको हो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी बारे ब्रिफिङ गर्ने छन् । फागुन २१ गते अर्थात भोली प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार १२:३३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।