Logo

अर्थ

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३ हजार ४१ कित्ता संस्थापक सेयर बैंकका बिक्री गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक सेयर बिक्री गर्दा पहिलो प्रथामिकता विद्यमान संस्थापक शेयरधनीहरूलाई दिनुपर्ने भएकोले उक्त सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

सेयर खरिद गर्न चाहने बैंकका विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिन भित्र काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (बैंकको शेयर रजिष्ट्रार) वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।

बैंकले तोकिएको समयभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट सेयर खरिदका लागि आवेदन नपरेमा सर्वसाधारणलाई सेयर बिक्री गरिने जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार १२:११   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।