काठमाडौं । नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले सहमतीमा नआए महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा निष्काशनमा पर्ने चेतावनी दिए ।
पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठकमा भाग लिन पुगेका नेता घिमिरेले सम्झौतामा नआए आफैँ निष्काशनमा पर्ने दाबी गरेका हुन् ।
‘उहाँहरुले त्यतिखेरसम्म चुनाव पनि गुमाउनुहुन्छ, महाधिवेशन पनि गुमाउनुहुन्छ । पार्टी फुटाएर गैसकेपछि महाधिवेशनमा भाग लिन पनि पाइएन, उहाँहरुले यो पार्टी फुटाएर फाइदा छैन ।
म अहिले पनि विश्वास गर्छु, उहाँहरु कुनै न कुनै सम्झौतामा आउनुहुन्छ । उहाँहरुजस्तो जानकार, बुद्धिमान मान्छे, योग्य, लोकप्रीय मान्छेहरु पार्टी फुटाउने बाटोमा जानुहुन्न त्यसले कांग्रेसलाई पनि घाटा हुन्छ,’ उनले भने ।
विशेष महाधिवेशनले पार्टीमा तरंग पैदा भइरहेका बेला आजका लागि केन्द्रीय समिति बैठक बोलाइएको थियो । तर शीर्ष नेताहरु वार्तामा रहेका कारण अझैसम्म बैठक बस्न सकेको छैन ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सारिए पनि अझै बस्न नसकेको हो ।




















प्रतिक्रिया