Logo

ट्रम्पले हार स्वीकारेर सहकार्य नगरे धेरैको मृत्यु हुन सक्छः बाइडन



नव निर्वाचीत अमेरिकी राष्ट्रपति बाइडनले राष्ट्रपति डोनाल्ड ट्रम्पले यो निर्वाचनको नतिजा स्वीकार नगरे धेरै मानिसको मृत्यु हुन सक्ने बताएका छन् । डेलावेयरमा बोल्दै बाइडनले ट्रम्पले सहकार्य नगरेको अवस्थामा धेरै मानिसको मृत्यु हुन सक्ने बताएका हुन् ।

बाइडनले ट्रम्पले निर्वाचनमा आफ्नो हार स्वीकार नगर्नु पूर्णरुपमा गैरजिम्मेवारी रहेको बताए । 

निर्वाचनको नतिजा स्वीकार नगरेको विषयलाई लिएर पूर्व अमेरिकी फर्स्ट लेडी मिसेल ओबामाले यो कुनै खेल नभएको धारणा राखेकी छन् ।

यद्यपि ट्रम्पले भने अहिलेसम्म निर्वाचनको नतिजा स्वीकार गरेका छैनन् । उनले सोमबार पनि सामाजिक सञ्जाल ‘ट्वीटर’मा पोस्ट गर्दै आफूले निर्वाचन जितेको दाबी गरेका थिए । साथै उनको निर्वाचन प्रचारको टोलीले निर्वाचनको नतिजाविरुद्ध कानुनी लडाइँ पनि लडिरहेका छन् ।

नयाँ राष्ट्रपतिसँग काम सुरु गर्न ट्रान्जिसन प्रक्रिया सुरु गर्ने सरकारी निकाय जनरल सर्भिस एड्मिनिस्ट्रेसनले अहिलेसम्म राष्ट्रपतिमा बाइडन र उपराष्ट्रपतिमा कमला ह्यारिसलाई निर्वाचित भएको स्वीकार गरेको छैन । त्यसैले बाइडनको टोलीलाई संवेदनशील सरकारी ब्रिफिङमा कुनै स्थान दिइएको छैन ।

सामान्यतया आगामी प्रशासनको टोलीलाई पनि यस किसिमको ब्रिफिङमा समावेश गरिन्छ । बाइडनका सहयोगीहरुले ट्रम्पले ट्रान्जिसन टोलीसँग काम गर्न नखोज्नुको अर्थ कोरोना भाइरसविरुद्धको खोप वितरणको रणनीतिमा बाइडनलाई अलग गर्नु रहेको बताएका छन् ।

बाइडनले खोप वितरणको विषयमा काम गर्न आफूले जनवरी २० मा हुने शपथ ग्रहणसम्म प्रतीक्षा गर्ने हो भने यो योजना एक महिनाभन्दा लामो समय पछि पर्ने बताएका छन् ।–बिबिसी 

प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार  ३ : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।