Logo

खेलकुद

एफसी बायर्न लेजेन्ड कप २०२६ ‘डिशहोम गो’मा लाइभ



काठमाडौं । बायर्न एफसीले आयोजना गर्ने लेजेन्ड खेलाडीको फुटबल प्रतियोगिता ‘एफसी बायर्न लेजेन्ड कप २०२६’ ‘डिशहोम गो’मा प्रत्यक्ष प्रसारण हुँदैछ ।

पुरानो शैलीको इन्डोर फुटबल प्रतियोगितामा सहभागी एफसी बायर्नका आर्जेन रोविन,फ्र्यांक रिबेरी, लोथर म्याथ्युज र जोर्गन क्लिन्सम्यान जस्ता लेजेन्ड खेलाडीहरूले म्युनिखको साप गार्डेन स्टेडियममा फुटबल प्रेमीहरूका लागि पुराना दिनहरू ताजा गराउनेछन् ।

६ वटा क्लब एफसी बायर्न म्युनिख, युभेन्टस, बोरुसिया डर्टमुन्ड, सेल्टिक एफसी, आईट्राक्ट फ्रान्कफर्ट र रियल म्याड्रिड सहभागी प्रतियोगितामा क्लबका अरु पूर्वस्टार प्लेयर लिजेन्ड फुटबलरहरूको जादु पनि पुनह एकपटक हेर्न पाइने छ ।

नेपालमा भने यो प्रतियोगिता नेपाली समयअनुसार बेलुकी ८ बजेर ५ मिनेटदेखि डिशहोम गो एप तथा एक्सन स्पोर्टस एचडी २ च्यानलमा हेर्न पाइने छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार ११:१७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।