पोखरा । आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा दिउँसो ३ः४० बजेसम्म करिब ४९ प्रतिशत मत खसेको छ ।
प्रदेशअन्तर्गत ११ जिल्लाका १८ निर्वाचन क्षेत्रमा हालसम्म यो प्रतिशत मत खसेको प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले जानकारी दिएका छन् ।
उनका अनुसार सबै जिल्लामा मतदान उत्साहपूर्ण तथा शान्तिपूर्ण रूपमा भइरहेको छ । मतदाताहरूको सहभागिता राम्रो रहेको र कुनै ठूलो घटना नभएको बताइएको छ ।
गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ जना मतदाता रहेका छन् । जसमध्ये महिला ९ लाख ५५ हजार ५१६ जना, पुरुष ९ लाख १४ हजार ५३५ जना र अन्य १४ जना छन् । यो जानकारी प्रदेश निर्वाचन कार्यालय पोखराले दिएको हो ।





















प्रतिक्रिया