Logo

समाचार

मनाङको ४० प्रतिशतमात्रै मत खसेको प्रारम्भिक तथ्यांक



पोखरा । ७ हजार मतदाता रहेको मनाङमा ४० प्रतिशत हाराहारी मात्रै मत खसेको प्रारम्भिक विवरण आएको छ । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार ४० प्रतिशत भन्दा केही बढी मात्रै मत खसेको हो ।

तथ्यांक पूरा आउँदैछ । तर प्रारम्भिक विवरण अनुसार ४० प्रतिशत भन्दा केही बढी मात्रै मत खसेको छ,’ उनले  भने । कार्यालयले अनुसार १ हजार ३ सय १७ महिला र १ हजार ४ सय ३३ पुरुष गरी २ हजार ८ सय ४० मत खसेको जानकारी दिएको छ ।

यो हिसाब गर्दा जम्मा मतदाताको ४०.५७ प्रतिशत मात्रै हुन आउँछ । विगतमा पनि मनाङको मतदान खासै उत्साहजनक हुने गरेको थिएन । अहिले चिसोले स्थानीय जाडो छल्न जिल्ला बाहिर भएकोले झनै कम मत खसेको हो ।

मतदान सकिएसँगै मतपेटिका संकलन सुरु भइसकेको छ । तल्लो र सुगम क्षेत्रका मतपेटिका आजै सदरमुकाम आइपुग्ने र नार्पाभूमिका मतपेटिका शुक्रबार मात्रै ल्याइने पौडेलले बताए । नार्पाभूमिका नार र फू दुबै गाउँको मतपेटिका हेलिकोप्टरबाट ल्याउने तयारी छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १७:२८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।