Logo

अर्थ

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी आज तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ६२५ रुपैयाँमा झरेको छ । चाँदीको मूल्य गत बुधबार हालसम्मकै उच्च प्रतितोला ६ हजार ६५५ रुपैयाँ पुगेको थियो ।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार ११:२८   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।