Logo

समाचार

नेपाल फार्मेसी काउन्सिलको ३०औँ नाम दर्ता परीक्षा माघ १० गते हुँदै



काठमाडौं । नेपाल फार्मेसी काउन्सिलको ३०औँ नाम दर्ता (लाइसेन्स) परीक्षा हुने भएको छ ।

बुधबार काउन्सिलले सूचना जारी गरी ब्यालचर इन फार्मेसीको ३० औँ परीक्षा माघ १० गते नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा हुने जानकारी दिएको हो । परीक्षा बिहान ११ देखि दिउँसो साढे १ बजेसम्म हुनेछ ।

प्रकाशित सूचना अनुसार प्रवेश पत्र काउन्सिलको बेवसाइटबाट माघ ८ गते दिउँसो १ बजेसम्म प्रिन्ट गर्न सकिने छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार १३:४५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।