Logo

समाचार

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन



काठमाडाैं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता तथा सरोकारवालाको सूचना पहुँच सहज बनाउन टोल–फ्री कल सेन्टर सञ्चालनमा ल्याएको छ।

आयोगको केन्द्रीय कार्यालय, कान्तिपथबाट सञ्चालनमा आएको उक्त कल सेन्टरमार्फत निर्वाचन प्रक्रिया, मतदाता नामावली, मतदान विधि तथा अन्य निर्वाचनसम्बन्धी जिज्ञासामा प्रत्यक्ष जानकारी प्राप्त गर्न सकिने आयोगले जनाएको छ।

कल सेन्टर बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। यसका लागि निःशुल्क टोल–फ्री नम्बर ११०२ मा फोन गरी मतदाता, नागरिक तथा सरोकारवालाले आफ्ना प्रश्न राख्न सक्नेछन्।

६ वटा डेस्कबाट सेवा प्रदान गरिने उक्त कल सेन्टरमा एकै पटक १५ जनासम्मको फोन कल व्यवस्थापन गर्न सकिने व्यवस्था गरिएको छ, जसका कारण फोन होल्डमा पर्नुपर्ने समस्या न्यून हुने आयोगले जनाएको छ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार १४:५०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।