Logo

अर्थ

सेयर बजारमा गिरावट, ८ अर्ब ९२ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से ९.४३ अंकले घटेर २,७०५ को विन्दुमा कायम भएको छ ।

आज ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको मूल्य घटेको छ ।

आज ८ अर्ब ९२ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ४३ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ३५ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कालिका पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.८४ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ५.८९ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार १५:१७   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।