Logo

अर्थ

६ महिनामै १० खर्ब बढीको आयात, व्यापार घाटा ८ खर्ब नजिक



काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनाको अवधि (साउन–पुस ) मा १० खर्ब बराबरको वैदेशिक व्यापार भएको छ ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार ६ महिनामा १० खर्ब ८१ अर्ब ४ करोड बराबरको वैदेशिक व्यापार भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १७.३६ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष ९ खर्ब २१ अर्ब १५ करोड बराबरको वैदेशिक व्यापार भएको थियो । कुल व्यापारमध्ये ९ खर्ब ३९ अर्ब २ करोड बराबरको आयात भएको छभने १ खर्ब ४२ अर्ब १ करोड बराबरको वस्तु निर्यात भएको विभागले जनाएको छ ।

यस्तै गत वर्षको यसै अवधिमा ८ खर्ब २२ अर्ब ३७ करोड बराबरको आयात हुँदा ९८ अर्ब ७८ करोड बराबरको वस्तु निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । यसअनुसार गत वर्षको तुलनामा आयात १४.१८ प्रतिशतले बढेको छभने निर्यातमा ४३.७६ प्रतिशतले बढेको देखिन्छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार १५:४०   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।