Logo

समाचार

बर्दियामा चितुवाको आक्रमणबाट महिलाको मृत्यु



बर्दिया। बर्दियाको बारबर्दिया नगरपालिकामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बारबर्दिया नगरपालिका–११ की ५५ वर्षीया छिदनी थारु छिन्।

बुधबार दिउँसो सोही नगरपालिकाको बेलबारस्थित तोरीबारीमा काम गरिरहेको अवस्थामा चितुवाले आक्रमण गर्दा थारुको ज्यान गएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार २१:४३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।