Logo

अर्थ

सूर्यकुण्ड हाईड्रोले माघ १८ गतेदेखि आईपीओ निष्कासन गर्ने



काठमाडाैं । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले माघ १८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ५ लाख ७२ हजार ४३१ कित्ता सेयर जारी गर्न लागेको हो ।

कम्पनीले सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता र कर्मचारीहरुका लागि १३ हजार ७९३ कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै, लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन बन्द छिटोमा माघ २१ गते र ढिलोमा फागुन ३ गते हुनेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार ११:२५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।