Logo

अर्थ

गणपति लघुवित्तले लाभांश वितरण नगर्ने



काठमाडाैं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले यसपाली पनि सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । संस्थाको माघ ७ गते बसेको सञ्चालक समितिको १३८ औं बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले सोही बमोजिमको आर्थिक विवरणहरु संस्थाको आगामी साधारण सभामा पेश गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतीका लागि पेश गर्ने निर्णय समेत गरेको छ ।

 

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार ११:५२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।