काठमाडौं । सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि)क्रिकेट रंगशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको सूचीमा समावेश गरेको छ । सहरी विकास मन्त्रालयले उक्त रंगशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा सूचीकृत गरेको हो ।
वर्तमान सरकारले गत असोज अन्तिम साता त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै नयाँ सम्झौताका लागि सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिएको थियो । मन्त्रिपरिषद् बैठकले स्वीकृत गुरुयोजनाअनुसार आवश्यक जग्गा प्राप्तिका लागि कानुन बमोजिम त्रिवि, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् लगायत सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
सहरी विकास मन्त्रालयका अनुसार स्वीकृत गुरुयोजनाअनुसार रंगशालाको पूर्वाधार विकासका लागि करिब १० अर्ब रुपैयाँ थप लगानी गर्ने योजना छ ।




















प्रतिक्रिया