काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार देखिएको छ । नेप्से परिसूचक ९.२३ अंकले बढेर २७१४.६१ को विन्दुमा बन्द भएको हो ।
नेप्से उपसमूहमा रहेका १० वटा समूह बढेका छन् भने ३ वटा घटेका छन् ।
बजारमा आज १६२ कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको घटेको छ। यो दिन १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज बजारमा ९ अर्ब ७ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आज बजारमा ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल, श्रीनगर एग्रीटेक र त्रिशुली जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेका छन् ।
आज कालिका पावरका सेयरधनीहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतले बढीले घटेको छ ।




















प्रतिक्रिया