Logo

समाचार

कांग्रेसका देवेन्द्रराज कँडेलको उम्मेदवारी निर्वाचन आयोगद्वारा रद्द



परासी । नवलपरासी क्षेत्र नम्बर २ मा कांग्रेसका देवेन्द्रराज कँडेल र भीमबहादुर थापा(भरत)को विवादित उम्मेदवारीको विषय निर्वाचन आयोगले टुंगो लगाएको छ।

दुवै जनाले आफू आधिकारिक उम्मेदवार रहेको भन्दै जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका थिए। तर, थापाले पहिलो उम्मेदवारी दर्ता गराएका थिए।

कँडेलको उम्मेदवारीलाई निर्वाचन अधिकृतको कार्यालयले दर्ता नम्बर उल्लेख नगरी क्रम संख्या मात्र राखेर कायम गरेको थियो। उम्मेदवारी विवादपछि आयोगले पहिलो दर्ता गर्नेलाई आधिकारिकता दिएपछि कँडेलको उम्मेदवारी रद्द भएको हो।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार १९:३८   :  बजे

219
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।