काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नम्बर–२ स्थित हायुटारमा अवस्थित नेपाल एसबिआई बैंक लुटपाटमा संलग्न आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घ्याङलेख–२ घर भएका ५३ वर्षीय ज्ञान बहादुर भ्लोन छन् । उनलाई माघ ६ मा काठमाडौँको कीर्तिपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्य प्रकाश सुवेदीले रातोपाटीलाई बताए ।
पुस २९ मा साँझ बैंक लुटमा संलग्न आरोपमा यसअघि ७ जना पक्राउ परेका थिए । यसअघि प्रहरीले काभ्रेको बनेपा घर भएका ४९ वर्षीय भागवत सिंह थापा, सिन्धुली घ्याङलेख गाउँपालिका घर भएका ४७ वर्षीय चतुरमान बज्यु,
चितवन भरतपुर घर भएका २४ वर्षीय सशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्या–५ घर भएका २३ वर्षीय मिलन गिरी, सोही ठाउँका १९ वर्षीय विवेक मगर, सिन्धुली घ्याङलेख–२ बस्ने ४४ वर्षीय छविलाल स्याङ्तान र १६ वर्षीय बालकलाई पक्राउ गरेको थियो ।
बैंकबाट लुटेको २ करोड ६८ लाख ५५ हजार नगद प्रहरीले बरामद गरेको छ ।



















प्रतिक्रिया