Logo

नेपाल–भरत सिमाना खोल्नुपर्ने माग गर्दै धर्ना, आन्दोलनको चेतावनी



नेपाल–भारत सीमा नाका खोल्नुपर्ने माग राख्दै सर्लाही सदरमुकाम मलंगवास्थित स्थानीयहरुले सिमाना नजिकै पुगेर धर्ना दिएका छन् ।

मलंगवा सोनवर्षा सीमा नजिकै बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २ घण्टा धर्ना दिएका हुन् । भारतसँग सिमाना जोडिएका नगरपालिकाका मेयर, गाउँपालिकाका अध्यक्ष, प्रदेश सभा सदस्यहरु प्नि धर्नामा छन् ।

चाडपर्व र विहेबारीको समयमा नाका बन्द हुँदा सीमा नजिकैका स्थानीयहरुको जनजीवन प्रभावित भएको भन्दै उनीहरुले नाका खोल्नुपर्ने माग राख्दै धर्ना दिएका हुन् । सरकारलाई ध्यानाकर्षण गराउन धर्ना कार्याक्रमको आयोजना गरिएको सर्वपक्षीय जिल्ला संघर्ष समिति सर्लाहीका संयोजक एवं जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले जानकारी दिएका छन् ।

चाडपर्वको समयमा सीमानाका बन्द हुँदा सीमा आसपासका बासिन्दाहरुको जनजीवन प्रभावित भएको सभापति चौधरीले बताएका छन् । पटक पटक नागरिक समाजहरुले नाका खोल्नका लागि आग्रह गर्दा कुनै सुनुवाइ नभएपछि बाध्य भएर संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिनु परेको चौधरीले गुनासो गरे । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार  ८ : ४२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।