यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणकाे अन्तिम खेलमा स्पेनले जर्मनीमाथि आधा दर्जन गोल गरेकाे छ । नेपाली समयअनुसार बुधबार बिहान भएकाे खेलमा स्पेनले जर्मनीमाथि ६-० को ऐतिहासिक जित निकालेकाे हाे ।
स्पेनकाे ऐतिहासिक जितमा फेरान टोरेसले ह्याट्रिक गर्दा रोड्री गरे भने मिकेल ओयाराज्बाल र अल्भारो मोराटाले १-१ गोल गरे । याे जितसँगै स्पेन नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलकाे १७ औं मिनेटमा स्पेन अग्रता बनएकाे थियाे । फाबियन रुइजको कर्नरमा मोराटाले गाेल गर्दै स्पेन अग्रतालाई दिलाएका थिए ।
३३ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसकाे पाँच मिनेट नबित्दै स्पनले ३-० को अग्रता बनाउन सफल भयो । फाबियनकै कर्नरमा रोड्रीले गाेल गरेका थिए ।
पहिलाे हाफमा ३ गाेल गरेकाे स्पनले दाेस्राे हाफमा पनि ३ गाे थप्याे । खेलकाे ५५ औं मिनेटमा टोरेसले व्यक्तिगत दोश्र गोल गर्दै स्पेनलाई ४-० गाे अग्रता दिलाए ।
टोरेसले ७१ औं मिनेटमा ह्याट्रिक पूरा गरे । फाबियनको पासमा टोरेसले पेनाल्टी क्षेत्र बाहिरबाट गाेल गर्दै ह्याट्रिक पूरा गरेका थिए । ९० औं मिनेटमा जोसे गयाको पासमा ओयारज्बालले सहजै गोल गर्दै ६-० को जित पक्का गरे ।
यस जितसँगै स्पेनले यूईएफए नेसन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ । स्पेनले ६ खेलमा ३ जित, २ बराबरी र १ हारसँगै ११ अंक जोड्यो । दोस्रो स्थानको जर्मनीले ६ खेलमा २ जित, ३ बराबरी र १ हारका साथ ९ अंक बनायो ।




















प्रतिक्रिया