Logo

अर्थ

क्यूआर भुक्तानीमा बढ्दो ठगी, सचेत भई कारोबार गर्न राष्ट्र बैंकको सुझाव



काठमाडाैं । विद्युतीय भुक्तानीको प्रयोग तीव्र रूपमा बढ्दै गएसँगै क्यूआर कोडमार्फत हुने ठगीका घटनामा वृद्धि भएको छ। यसप्रति ध्यानाकर्षण गराउँदै नेपाल राष्ट्र बैंकले सेवा तथा वस्तु प्रदायकहरूलाई क्यूआर भुक्तानी लिँदा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सार्वजनिक गरेको सूचनामा ग्राहकले देखाउने भुक्तानीको स्क्रिनसट मात्रमा भरोसा नगर्न विक्रेतालाई सचेत गराइएको छ। स्क्रिनसट पुरानो कारोबारको रसिद वा नक्कली हुन सक्ने जोखिम रहेको राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकका अनुसार क्यूआर भुक्तानी प्राप्त भए–नभएको पुष्टि गर्न विक्रेताले मोबाइल बैंकिङ एप, एसएमएस वा नोटिफिकेशन तथा बैंक खातामार्फत रकम वास्तवमै जम्मा भएको छ कि छैन भन्ने कुरा अनिवार्य रूपमा जाँच गर्नुपर्छ। यस्ता सावधानी नअपनाउँदा ठूलो आर्थिक नोक्सानी हुन सक्ने चेतावनी राष्ट्र बैंकले दिएको छ।

नेपाल राष्ट्र बैंकले सबै विक्रेता तथा सेवा प्रदायकलाई क्यूआर भुक्तानी कारोबार गर्दा सतर्कता अपनाई सुरक्षित कारोबार गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार १०:४९   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।