काठमाडौँ । कामबाट घर फर्कनुहुन्छ । दिनभरिको कामको थकान अनि तनावले टाउको भारी भइरहेको छ, तर घरमा पार्टनरलाई देख्नेबित्तिकै, ऊसँग कुरा गर्ने वा अँगालो हाल्ने बित्तिकै सबै थकान अचानक हराएको जस्तो लाग्न थाल्छ ?
हामी प्रायः यसलाई प्रेम ठान्छौं, तर हाम्रो मस्तिष्क र शरीरमा हुने विशिष्ट परिवर्तनहरूका कारण यस्तो हुन्छ ।
अक्सिटोसिनको जादु
वैज्ञानिक भाषामा, यसलाई ‘प्रेम हार्माेन’ भनिन्छ । जब तपाईंले आफ्नो पार्टनरको हात समात्नुहुन्छ वा अँगाल्नु हुन्छ, मस्तिष्कमा ‘अक्सिटोसिन’ उत्पन्न हुन्छ ।
यो हार्माेनले शरीरलाई तुरुन्तै आराम दिन्छ र सुरक्षित महसुस गराउँछ । आफ्नो पार्टनरको नजिक पुग्नेबित्तिकै तपाईंको तनाव कम हुन थाल्नुको कारण पनि यही हो ।
कोर्टिसोल रिलिज
जब हामी थकित वा तनावमा हुन्छौं, हाम्रो शरीरमा तनाव हार्माेन कोर्टिसोल बढ्छ । पार्टनरसँग हसिमजाक गर्दा वा प्रेमिल कुराकानी गर्नाले कोर्टिसोल स्तर चाँडै कम हुन्छ । तनाव हर्माेन कम हुँदै जाँदा थकान स्वतः कम महसुस हुन थाल्छ ।
आफूले माया गरेको मान्छे देख्दा हाम्रो मस्तिष्कले ‘रिवार्ड’ पाउँछ । डोपामाइनजस्ता ‘फिल–गुड’ हर्मोन निकाल्छ । आफूलाई मनपर्ने परिकार खाँदा वा पुरस्कार जित्दा तपाईंले अनुभव गर्ने खुसी यही हो ।
सुरक्षित महसुस गर्दा मात्र हामीले पूर्ण रूपमा आराम गर्न सक्छौं भनेर मनोविज्ञान भन्छ । दुनियाँको भागदौड र कोलाहलमा हाम्रो दिमाग सधैं सतर्क रहन्छ,
तर जब हामी आफ्नो पार्टनरको छेउमा बस्छौं, दिमागले पनि ‘अब सबै ठीक छ, तिमी आराम गर्न सक्छौं’ भन्ने सन्देश पाउँछ । यो मानसिक शान्तिले शारीरिक थकानलाई पनि कम गर्छ ।




















प्रतिक्रिया