Logo

अर्थ

नबिल बैंकको १ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडाैं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि सर्वसाधारण तथा कम्पनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ७ दिनभित्र बैंकको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा आवेदन दिनुपर्नेछ ।

यसअघि बैंकले संस्थापक सेयरधनीहरुका लागि सेयर बिक्रीमा राखेपनि खरिद आवेदन नआएकाले आम सर्वसाधारणका लागि पुनः उक्त सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार १०:४५   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।