काठमाडौं । शिवम सिमेन्टले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरणअनुसार शिवम सिमेन्टले चालु वर्षको ६ महिना पुससम्म ३५ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको पुससम्म कम्पनीले ५ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ५२८.५२ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको ३ अर्ब ९ करोड ८२ लाख रुपैयाँ उत्पादन बिक्रीबाट आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको आम्दानी ३ अर्ब १० करोड १६ लाख रुपैयाँ थियो । कम्पनीको आम्दानी ०.११ प्रतिशतले घटेको छ ।
चालु वर्षको पुससम्म कम्पनीको व्यापार खर्च २ अर्ब ४४ करोड ३७ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको व्यापार खर्च २ अर्ब ७० करोड १५ लाख रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार खर्च ९.५४ प्रतिशतले घटेको छ ।
चुक्तापुँजी ५ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी १२.७७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८०.३८ रुपैयाँ रहेको छ ।




















प्रतिक्रिया