Logo

अर्थ

रिलायन्स स्पिनिङ र सालपा विकास बैंकको सेयर सोमबारदेखि कारोबारमा आउने



काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको सेयर सोमबारदेखि कारोबारमा आउने भएको छ । रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको साधारण सेयर शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका हुन्।

कुनै पनि कम्पनीको साधारण शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। त्यसैले यी दुवैको सेयर (भोलि शनिबार र पर्सि आइतबार महाशिवरात्रीको सार्वजनिक बिदा) सोमबारबाट कारोबारमा आउने भएका हुन् ।

नेप्सेमा रिलायन्स स्पिनिङ मिल्सको कुल १ करोड ९० लाख कित्ता सूचीकृत भएको छ। जसमा सर्वसाधारणको १९ लाख २६ हजार ६०० कित्ता (१०.१४ प्रतिशत) र संस्थापकको १ करोड ७० लाख ७३ हजार ४०० कित्ता (८९.८६ प्रतिशत) रहेको छ।

यसैगरी नेप्सेमा सालपा विकास बैंकको कुल ५२ लाख २३ हजार ८८० कित्ता सूचीकृत भएको छ। जसमा सर्वसाधारणको १७ लाख २३ हजार ८८० कित्ता (३३ प्रतिशत) र संस्थापकको ३५ लाख कित्ता (६७ प्रतिशत) रहेको छ।

सोमबार स्पेसल प्रिसेसनमा यी दुवैको सेयर नेप्सेले तोकेको ओपनिङभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछन्।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार १६:१५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।