Logo

समाचार

हत्याको आरोपमा दुईजना पक्राउ



सुदूरपश्चिम । दार्चुलाको शैल्यशिखर नगरपालिका–८ की ७१ वर्षीया लक्ष्मी जोशी मृत फेला परेको घटनाबारे अनुसन्धानका क्रममा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टले अनुसन्धानका क्रममा घटनामा संलग्न भएको खुलेपछि दार्चुला शैल्यशिखर नगरपालिका–९का २४ वर्षीय उमेश साउद र बैतडी जिल्ला डिलासैनी गाउँपालिका–५ का गोपाल नाथलाई पक्राउ गरिएको जानकारी दिए ।

मृतकको साथबाट लुटिएको सुनजस्तो देखिने दुई थान कानको मुन्द्री, एक थान नाकको मुन्द्री र एक थान नाकको फुली निजहरूबाट बरामद गरिएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए । गत माघ २७ गते सोही वडाको देवल भन्ने स्थानमा वृद्ध महिलाको शव फेला परेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार २१:५०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।