Logo

प्रमुख समाचार

विराटनगरमा दुर्घटना भएको स्कोरपिओमा ४२० केजी गाँजा बरामद



विराटनगर । शिवरात्रिको दिन आइतबार बिहान विराटनगर महानगरपालिका-५ स्थित पुलचोकमा दुर्घटनामा परेको स्कोरपिओ गाडीबाट ४२० किलो गाँजा बरामद भएको छ ।

दुर्घटनामा परेको बा८च ६५०८ नम्बरको स्कोरपिओ गाडीबाट प्रहरीले ४२० किलो गाँजा बरामद गरेको हो ।

भित्री सडक खण्ड हुँदै तीव्र गतिमा गुडिरहेको स्कोरपिओ अचानक अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी कविता कटवालकाअनुसार बरामद गरिएको गाँजा ४२० किलो छ । गाँजा र गाडी नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताइन् ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आईतवार १२:३६   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।