Logo

समाचार

अनाथ बालबालिकालाई सहयोग



गुलरिया (बर्दिया) । बर्दियामा नेपाली सेनाको २६३ औँ वार्षिकोत्सवको अवसरमा मधुवन नगरपालिका –१ पत्थरबोझीमा रहेको बालबालिका संरक्षण केन्द्रलाई खाद्यन्न, खेलकुद र स्टेशनरी सामग्रीको सहयोग गरिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ जबरजंग गणले सरस्वती आधारभूत विद्यालयले अनाथ तथा असहाय बालबालिकाको लागि सञ्चालन गरेको संरक्षण केन्द्रलाई सहयोग गरेको हो । संरक्षण केन्द्रमा हाल ३५ जना बालबालिका छन् ।

गणका गणपति दिपेन्द्र शाहीले स्थापना दिवसको अवसर पारेर दैनिक भान्सामा प्रयोग हुने दाल, चामल, चिनी, मसला, तेल लगायतको सामग्री, खेलकुद सामग्री र स्टेशनरी सामग्री हस्तान्तरण गरिएको बताउनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्जमा संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले नेपाली सेनाले अनाथ र असहायको बालबालिकाको आवश्यकतालाई पहिचान गरी सहयोग गरेर उत्तम कार्य गरेको बताउनुभयो ।

विद्यालयका शिक्षक ताराप्रसाद वलीले विभिन्न निकायहरूले सहयोग गरेको गर्दा संरक्षण केन्द्र सञ्चालनमा सहज हुने बताउनुभयो । उहाँका अनुसार विद्यालयका बालबालिकालाई विभिन्न व्यक्ति, संघ–संस्था, सरकारी निकायहरुले सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आईतवार २१:५६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।