दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार दमक १ मा रहेको दमक अस्पतालमा स्वास्थ्य परीक्षण गराएका छन् ।
विभिन्न टोलमा रहेका नागरिकहरुसँग भेट गर्ने क्रममा ओली सो अस्पतालमा पुगि आफ्नो स्वास्थ्य परीक्षण गराएका हुन् ।
अस्पतालका मेडीकल सुपरीटेण्डेन्ट डा. कृष्ण शाहले ओलीको स्वास्थ्य परीक्षण गरेका थिए । परीक्षणका क्रममा ओलीको स्वास्थ्य सामान्य पाईएको थियो ।
ओली प्रधानमन्त्री भएको समयमा उनकै पहलमा जिल्ला अस्पताल सरह हुने गरि सो अस्पताल स्तरीकरण भएको हो । कोरोनाको समयमा यस अस्पतालले आँफै अक्जिन उत्पादन, अलग्गै क्यारेन्टाईन सञ्चालन लगायतका सेवा प्रवाह गरेको थियो ।
यो अस्पताल झापाका विभिन्न गाउँपालिका तथा मोरङ्, ईलाम तथा पाँचथरका सर्वसाधारणको प्रमुख स्वास्थ्य केन्द्रको रुपमा विकास भएको छ । यस अस्पतालबाट यि क्षेत्रका सयौं बिरामीले सेवा लिने गरेका छन् ।




















प्रतिक्रिया