Logo

बैंकिङ

कुमारी बैंक लिमिटेडलाई सूचना सुरक्षा प्रमाणपत्र प्राप्त



काठमाडौं । कुमारी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आइएसओ/आइइसी २७००१ः२०२२, सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आइएसएमएस) प्रमाणपत्र प्राप्त गरेको छ। यस प्रमाणपत्रले बैंकको सूचना सुरक्षा नीति, प्रक्रिया तथा नियन्त्रणहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको जानकारी दिन्छ।

आइएसओ/आइइसी २७००१ः२०२२ र सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आइएसएमएस) मा मूलतः ९३ वटा नियन्त्रण प्रणाली हुन्छन्, जसलाई अर्गनाइजेसनल (३७), पिपल (८), फिजिकल (१४) र टेक्नोलोजिकल (३४) मा विभाजन गरिएको हुन्छ।

यी नियन्त्रणहरू कार्यान्वयन भए नभएको स्वतन्त्र बाह्य अडिटमार्फत सुनिश्चित गरी आइएसओ/आइइसी २७००१ः२०२२ प्रमाणपत्र प्रदान गरिने जानकारी बैंकले उपलब्ध गराएको छ।

यस प्रमाणपत्रले बैंकको सूचना सुरक्षा जोखिम पहिचान, मूल्यांकन तथा व्यवस्थापन गर्ने राम्रो क्षमता रहेको र सो अन्तर्राष्ट्रिय मापदण्डबमोजिम रहेको सुनिश्चित गर्दछ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार ०९:४७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।