Logo

अर्थ

बैंकिङ प्रणालीबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक



काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि आज ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ८९ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार ११:०७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।