Logo

अर्थ

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ४ लाख ८८ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेकाे छ। बैंकले ६ जना संस्थापक शेयरधनीहरूकाे नाममा रहेको कुल ४ लाख ८८ हजार ३०९ कित्ता संस्थापक सेयर बिक्री खुला गरेकाे हाे ।

हाललाई यो सेयरमा बैंककै संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन् । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

संस्थापक शेयरधनीहरुले सेयर खरिदका लागि आफूले खरिद गर्न चाहेको सेयर सङ्ख्या र प्रति कित्ता मूल्य समेत खुलाई बैंकको सेयर रजिष्ट्रारको कार्यालय, आईटी प्लाजा, कमलादी, काठमाडौँमा निवेदन दिनु पर्नेछ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार ११:५१   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।