Logo

समाचार

इन्जिनियरमाथि गोली प्रहार घटनाका दोषीलाई तत्काल कारवाही गर्न माग



काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनले सर्लाहीमा कार्यरत प्राविधिक कर्मचारीमाथि भएको गोली प्रहारको घटनालाई लिएर सरकाको ध्यानाकर्षण गराएको छ । मंगलबार एशोसिएसनले गृह मन्त्रालय पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

एशोसिएसनले अपराधमा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न समेत माग गरेको छ । घटना घटेको दुई दिनसम्म पनि अपराधीलाई कानुनी कठघरामा ल्याउन नसक्दा दुःख लागेको भन्दै एशोसिएसनले इन्जिनियरहरूको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

कार्यस्थलमा हुने यस्ता साङ्घातिक आक्रमणले कर्मचारीको मनोबल गिर्ने भएकाले सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राख्न एशोसिएसनले जोड दिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार १३:३६   :  बजे

222
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।