Logo

अर्थ

नाइमाद्वारा ट्याक्सी मापदण्डमा सुधारका सुझाव पेश



काठमाडाैं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा)ले हाल कार्यान्वयनमा रहेको ‘ट्याक्सीको रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ सम्बन्धी आफ्ना सुझाव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमक्ष पेश गरेको छ।

नाइमाले आफ्नो पत्रमा उल्लेख गरेअनुसार, ट्याक्सी सेवा मापदण्डमा ट्याक्सीलाई साधारण, विशेष र विशिष्ट गरी तीन वर्गमा विभाजन गरिएको छ र प्रत्येक वर्गका लागि प्राविधिक, सुरक्षा तथा सेवा सम्बन्धी विशिष्टिकरण स्पष्ट छन्।

हाल बागमती प्रदेशमा सिडान प्रकारका सवारी साधनमात्र ट्याक्सी सेवामा अनुमति पाउने अवस्थामा रहेको भए पनि, नाइमाले मापदण्ड अनुसार अन्य उपयुक्त सवारी साधनलाई पनि सेवा दिन अनुमति हुनुपर्ने औँल्याएको छ। यसले ट्याक्सी प्रदायकलाई सेवा सञ्चालनमा लचकता, यात्रुहरूको सुविधा, अपाङ्गता मैत्री पहुँच र समूहको आकारअनुसार विकल्प प्रदान गर्न मद्दत गर्ने नाइमाको भनाइ छ।

पत्रमा विश्वका विभिन्न देशमा ट्याक्सी सेवामा विभिन्न आकार र वर्गका सवारी प्रयोग हुने उदाहरण पनि प्रस्तुत गरिएको छ। नाइमाले सुझावहरू उद्योगगत अनुभव र सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले प्रस्तुत गरिएको उल्लेख गर्दै मन्त्रालयसँग निरन्तर सहकार्यको प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार १४:४४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।