Logo

खेलकुद

राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा सहभागी भएर राष्ट्रिय महिला टोली स्वदेश फिर्ता



काठमाडौं । थाइल्याण्डमा जारी महिला एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा सहभागी भएर राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फिर्ता भएको छ ।

राष्ट्रिय महिला क्रिकेट टोली बुधबार स्वदेश फर्किएको हो । नेपाल प्रतियोगितामा लगातार तेश्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको थियो ।

नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ तथा दोस्रो खेलमा यूएईसँग र तेश्रो खेलमा भारत ‘ए’ संग पराजित भएको थियो ।

स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा कप्तान पूजा महतोले प्रतियोगिताबाट आफूहरुले राम्रो अनुभव बटुल्न सफल भएको बताइन् । ‘यो प्रतियोगिता हाम्रो लागि सिक्ने मौका थियो । अझ हामी कसरी अगाडि बढ्न सक्छौं भन्ने । हामीले आफ्नो तर्फबाट बेष्ट दिने प्रयास गरेका थियौं’ उनले भनिन् ।

उनले पाकिस्तान,भारत जस्ता ठूला टिमसँग प्रतिस्पर्धा गर्नु नै नेपालको लागि ठूलो अवसर भएको भन्दै खेलमा नेपालले सुधार गरेको प्रतिक्रिया आएको जानकारी गराइन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार १६:१७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।