Logo

राजनीति

५ वर्षमा कुशासन र गरिबी हटाउँछौँ : गगन थापा



काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले ‘टिम नेपाल’ बनाएर ५ वर्षमा कुशासन र गरिबी हटाउने बताएका छन् ।

बुधबार जनकपुरको तिरहुतियामा आयोजित प्रतिज्ञासभामा सभापति थापाले त्यो एक्लै सम्भव नभएको बताए ।

‘टिम नेपालले यो ५ वर्ष कुशासन, गरिबीलाई हराउँछ । त्यो एक्लै सम्भव हुँदैन,’ थापाले भने, ‘कांग्रेसले आजको समस्या समाधान गर्छ भोलिको विकासमा अगाडि बढाउँछ । कांग्रेसको शक्ति सबैलाई सम्हालेर समेटेर अगाडि बढाउँछ ।’

कांग्रेसको टिम नेपालमा वडादेखि केन्द्रसम्मका सरकार, सबै राजनीतिक दल हुने थापाले बताए।थापाले प्रतिज्ञापत्रमा लेखिएका अक्षर सभापतिदेखि क्रियाशील सदस्यले पालना गर्ने बताए।

उनले मधेसले देशलाई नेतृत्व गर्ने शिक्षा, स्वास्थ्य र विज्ञान र सूचना प्रविधिको क्षेत्र भएकाले मधेसले अब परिवर्तन गर्नु पर्ने बताए। उनले मधेसलाई ज्ञानको केन्द्र बनाउन कांग्रेस मधेस झरेको बताए।
उनले भने, ‘मधेसको शिक्षा नभएको भए आज पहाडमा गणित राम्रो पढाइ हुँदैनथ्यो। पहाडमा मधेसका शिक्षकले पढाएका हुन्। उनकै शिक्षाले देश शिक्षित भएको छ।
तर आज मधेसको  शिक्षा, स्वास्थ्य र विनाको  अवस्था जर्जर छ, यहाँ किसान, उखु किसानको अवस्था, पर्यावरणको अवस्था भयावह छ।  खानेपानीको समस्या समाधान गर्न म मधेस आएको हुँ।’

उनले मधेसले सिङ्गो देशलाई पाल्न सक्ने तागत बोक्न सक्ने बनाउने प्रतिज्ञा गरेको बताए। उनले मधेसका या देशका जुनसुकै युवा विदेशमा भए त्यहाँ दूतावास राखेर भए पनि नेपालीको हेरचाह गर्ने व्यवस्था गर्ने बताए।

उनले भने, ‘अब मधेस वा कुनै क्षेत्रका नेपाली विदेशमा रहेछ भने उसको हेरचाह गर्न नेपाल सरकारले दूतावासको व्यवस्था र कर्मचारीको व्यवस्था गर्छ।’

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार १८:२९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।