Logo

समाचार

लागुपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ



काठमाडौँ । देशका विभिन्न भागबाट लागुपदार्थसहित १६ जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाबाट दुई, मोरङबाट एक, सिरहाबाट तीन, कास्कीबाट तीन, बाँकेबाट तीन, कैलालीबाट दुई र मकवानपुरबाट दुई जनालाई पक्राउ गरिएको हो ।

अभियुक्तहरुबाट खैरो हिरोइन र विभिन्न किसिमका मनोद्दिपक औषधि बरामद गरिएको छ । नियमित सुरक्षा गस्तीका क्रममा प्रहरीले उनीहरुलाई बुधबार र बिहीबार पक्राउ गरेको हो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार ०८:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।