काठमाडौं । आज सुनको स्थिर रहेको छ ।
आज सुनको मूल्य प्रतितोला सुन ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजो बिहीबार पनि सुनको मूल्य तोलामा ३ लाख ४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार ५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया