Logo

मतदान

नेकपाका संयोजक दाहालले गरे मतदान



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले मतदान गरेका छन् ।

बिहीबार बिहान चितवनको भरतपुर महानगरपालिका- १४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट अध्यक्ष दाहालले मतदान गरेका हुन् ।उनी रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत छन् ।

आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार ०८:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।