Logo

प्रमुख समाचार

काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण उच्च



काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पछिल्लो केही दिनयता देखिएको बाक्लो तुवाँलोका कारण वायु प्रदूषणको स्तर बढ्दै गएको छ । मौसम धुम्मिँदा आकाशमा प्रदूषणका कणहरू थुप्रिन थालेपछि वायुको गुणस्तर खस्किएको हो ।

वातावरणविद्हरूका अनुसार लामो समयदेखि वर्षा नहुनु, हावा कम चल्नु तथा सुक्खा मौसमका कारण प्रदूषणका कणहरू वायुमण्डलमै थुप्रिएर तुवाँलो देखिएको हो ।

विज्ञहरूका अनुसार वर्षा वा बलियो हावा चलेमा मात्र वायुमण्डलमा जमेको धुलो र प्रदूषणका कणहरू हटेर वायुको गुणस्तरमा सुधार आउने सम्भावना रहेको छ ।

काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष शतर्कता अपनाउन आग्रह समेत गरेको छ । वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन मन्त्रालयले अपिल गरेको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलवार १४:३७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।