काठमाडौं । आज चुनावपछिको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३२ अंकले घटेर २,८४३ को विन्दुमा कायम भएको छ ।
आज ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज २१ अर्ब ५० करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको १ अर्ब ९ करोड माथिको सेयर कारोबार भएको छ ।
आँखुखोला जलविद्युतको ६९ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावरको ६१ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिडि पावरको ५९ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै हिम स्टार ऊर्जाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।





















प्रतिक्रिया