जनकपुर । सिरहामा एक ल फर्ममा बम बिस्फोट भएको छ । जिल्ला अदालत अगाडि रहेको मधेस ल फर्ममा बुधबार बम बिस्फोट भएको सिरहा प्रहरीले जनाएको छ।
सिरहा प्रहरी प्रमुख एसपी बासु पाठकले जिल्ला अदालत अगाडि रहेको ल फर्ममा आज साँझ करिब ५ बजे बम विस्फोट भएको बताए।
ल फर्ममा भएको बिस्फोटबाट त्यहाँ कार्यरत सौरभ यादव सामान्य घाइते भएको प्रहरी प्रमुख पाठकले बताए। यसैगरी बिस्फोटबाट ल फर्मको सिसा र भित्र रहेका कागजातका साथै फर्निचरमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।
प्रहरी प्रमुख पाठकका अनुसार बम बिस्फोटबारे अध्ययन गर्न नेपाली सेनाको टोली घटनास्थलमा आइपुगेको छ।





















प्रतिक्रिया