काठमाडौँ । नेपालको चालु खातामा करिब ५ खर्ब बचत भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को सात महिनाको तथ्याङ्क अनुसार मुलुकको बाह्य क्षेत्र सुदृढ रहेको देखाएको छ ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्षको माघ मसान्तसम्मा चालु खाता ४ खर्ब ९३ अर्ब ७८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ८४ अर्ब १४ करोड रुपैयाँले मात्र बचतमा थियो।
अमेरिकी डलरमा तुलना गर्दा पनि यो सुधार निकै आकर्षक देखिन्छ । अघिल्लो वर्षको सात महिनामा १ अर्ब ३७ करोड डलर बचतमा रहेको चालु खाता यस वर्षको सोही अवधिमा बढेर ३ अर्ब ४७ करोड डलर पुगेको छ । यसले मुलुकमा भित्रिने र बाहिरिने रकमको सन्तुलन सकारात्मक रहेको पुष्टि गर्दछ ।
प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि
मुलुकको समग्र वित्तीय लेनदेनको ऐना मानिने शोधनान्तर स्थिति पनि निकै बलियो देखिएको छ । ७ महिनामा शोधनान्तर स्थिति ५ खर्ब ३२ अर्ब ७३ करोड रुपैयाँले बचतमा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँले मात्र बचतमा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको २ अर्ब ११ करोड डलरको तुलनामा वृद्धि भई यस वर्ष ४ अर्ब ३ करोड डलर बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ।





















प्रतिक्रिया