Logo

विविध

पोखरीमा महिलाको शव फेला



सिरहा । औरही गाउँपालिका—५ स्थित एक पोखरीमा बुधबार एक महिलाको शव फेला परेको छ ।

स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पाएलगत्तै पुगेको प्रहरी टोली घटनास्थलमा पुगी पोखरीबाट शव बाहिर निकालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।प्रहरीका अनुसार मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन ।

घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए । शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार १९:०९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।