Logo

अर्थ

गरिमा सुवर्ण योजनाको इकाई आजदेखि बिक्री खुल्ला



काठमाडाैं । गरिमा क्यापिटल लिमिटेडले आजदेखि आफ्नो दोस्रो म्युचुअल फण्ड ‘गरिमा सुवर्ण योजना’को इकाई बिक्री खुल्ला गरेको छ । सो योजनाको आकार १ अर्ब रुपैयाँ रहेपनि क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई मात्र बिक्रीमा ल्याएको हो ।

निष्कासन गरिने कुल इकाईमध्ये ९० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंकलाई र ६० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ । क्यापिटलले बाँकी रहेको ३५ करोड रुपैयाँबराबरको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यको ३ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।

यो एक खुलामुखी योजना भएकोले बाँकी रहेको इकाई यस पश्चात सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजना व्यवस्थापकले तोकेको वितरणमार्फत निरन्तर खरिद बिक्रीका लागि खुला गरिने क्यापिटलले जनाएको छ ।

उक्त योजनामा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजनाको इकाईमा चैत २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा चैत १२ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार १०:४७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।