काठमाडौं : मध्यपूर्वमा चर्किएको द्वन्द्वका कारण नेपालको रेमिट्यान्समा ठूलो असर पर्ने देखिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा भित्रिएको कुल रेमिट्यान्समध्ये करिब ४१ प्रतिशत हिस्सा मध्यपूर्वका देशबाट आएको छ।
युएई, साउदी अरब, कतार र कुवेतबाट मात्रै ठूलो परिमाणमा रेमिट्यान्स आउने भएकाले त्यहाँको अस्थिरताले करिब ४ खर्ब रुपैयाँ बराबर विप्रेषण जोखिममा परेको छ।
द्वन्द्वका कारण रोजगार प्रभावित हुँदा नेपाली कामदार स्वदेश फर्किन थालेका छन्।
यसले रेमिट्यान्स मात्र नभई कुल ग्राहस्थ उत्पादन (जीडीपी), रोजगारी र विदेशी विनिमय सञ्चितिमा समेत नकारात्मक असर पर्ने चिन्ता व्यक्त गरिएको छ।
विज्ञहरूले दीर्घकालीन समाधानका लागि आन्तरिक रोजगारी र उत्पादनमा जोड दिनुपर्ने बताएका छन्।





















प्रतिक्रिया